आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

चितवन खबर पोष्ट

मध्यवर्ती क्षेत्र भएका कारण माडीमा सिर्जित समस्या र अप्ठ्याराहरूबारे अन्तरक्रिया सम्पन्न

  • A
  • A+
  • A++

माडी, चितवन । माडीमा मध्यवर्ती व्यवस्था र निकुञ्जप्रति असन्तोष बढ्दै गएको अवस्थामा संघीय एवं स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुबिच माडीमा एक विशेष अन्तरक्रिया सम्पन्न भएको छ ।

विज्ञापन १

माडी नगरपालिकाका समसामयिक विषयवस्तुका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, माडी नगरपालिका, चितवन राष्ट्रिय निकुञ्जको कार्यालय, राजनीतिक दलका प्रतिनिधिहरू, मध्यवर्ती उपभोक्ता समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रतिनिधिहरुबीच छलफल तथा अन्तरक्रिया भएको हो ।

विज्ञापन २

कार्यक्रममा माडी नगरपालिकाले भोग्नु परेका समस्या, मध्यवर्ती क्षेत्र भएका कारण सिर्जना भएका समस्या र अप्ठ्याराहरू, मानव वन्यजन्तु द्वन्द्व, प्राकृतिक स्रोत साधनको उपभोग, कानुनी जटिलता, कानुनमा बाझिएका विषयवस्तुबारे छलफल, अन्तरक्रिया एवम् सहभागीको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, चितवन राष्ट्रिय निकुञ्जको कार्यालयलाई ध्यानाकर्षण गराईएको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया