आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

धर्म-संस्कृति पोष्ट

बैकुण्ठतालमा डुबेर मृत्यु भएकाहरुको धार्मिक उद्धारका लागि स्वस्ती शान्ति एवं ताल पूजन

  • A
  • A+
  • A++

माडी, चितवन । माडीको बैकुण्ठधामस्थित बैकुण्ठतालमा डुबेर मृत्यु भएकाहरुको आत्माको चीर शान्ति र धार्मिक रुपमा उद्धारका लागि स्वस्ती शान्ति एवं हवन पूजा गरिएको छ ।

विज्ञापन १

बैकुण्ठ तालमा पौडने, नुहाउने, सेल्फी खिँच्ने, टिकटक बनाउने र अन्य परिस्थितिमा पछिल्लो आधा दशक अवधीमा आधा दर्जन बढीको ज्यान गएकोमा मृतकहरुको आत्माको चीर शान्ति र धार्मिक उद्धारको कामना गर्दै स्वस्ती शान्ति पूजा गरिएको हो ।

विज्ञापन २

बैकुण्ठ धामस्थित बैकुण्ठेश्वर महादेव मन्दिरमा शुक्रबार दिनभर हवन सहित भजन कीर्तन सहित आचार्य युवा पण्डित सुदर्शन सुवेदीसंगै युवा पण्डित बिजय बस्ताकोटी शास्त्री लगायतले स्तोत्रोच्चारण गरी सो धार्मिक अनुष्ठान पुरा गर्नुभएको हो । पूजामा मृतकका परिवार सदस्यहरु समेत सहभागी रहेका थिए ।

विज्ञापन ३

यसैबिच, दर्शन वा घुमफिरका लागि आएका दर्शनार्थी एवं पर्यटकहरुको थप मृत्यु नहोस् भन्ने कामना गर्दै बैदिक विधिपूर्वक बैकुण्ठ तालको पूजा पनि गरिएको छ । तालमा परी निधन भएकाहरुको बैकुण्ठवासको कामना गर्दै पूजा टोलीले तलाउको पानीमा अर्घ दिएर दीप प्रज्वलन एवं मन्त्रोच्चारण गरी ताल पूजा सम्पन्न गरेको माडी ८ का पूर्व वडाध्यक्ष एवं बैकुण्ठ क्षेत्र विकासका अगुवा कृष्णराज अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया