बुधबार, मङि्सर १९, २०८१
बुधबार, मङि्सर १९, २०८१

चितवन खबर पोष्ट

माडीका एच.आई.भी. संक्रमितहरुले एन्टीरेट्रो भाइरल औषधी लिन भरतपुर पुग्नुपर्ने बाध्यता अन्त्य

  • A
  • A+
  • A++

माडी, चितवन । माडीका एच.आई.भी. संक्रमितहरुले एन्टीरेट्रो भाइरल औषधी लिन भरतपुर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । विश्व एड्स दिवसको अवसर पारी माडीको बसन्तपुरस्तित बघौंडा अस्पतालमा आइतबार ए.आर.टी. सेन्टर स्थापना भएसंगै करीब १०० जनाको संख्यामा माडी क्षेत्रमा रहेका एच.आई.भी./एड्स संक्रमितहरुलाई सहज हुने भएको हो ।

विज्ञापन १

माडी नगर प्रमुख ताराकुमारी काजी महतो रिबन काटी बघौंडा अस्पतालमा ए.आर.टी. सेन्टरको उद्घाटन गर्नुभएको हो । सो कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पैडेल, नगर सामाजिक विकास प्रमुख एवं माडी-६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेल, स्वास्थ शाखा प्रमुख राममणि घिमिरे र बघांैडा अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो । ए.आर.टी. सेन्टरको उद्घाटन भएसंगै अस्पताल परिसरमा साँझ दीपावली गरिएको थियो ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया