आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

चितवन खबर पोष्ट

माडीको बैकुण्ठधाममा भव्य बालाचर्तुदशी मेला सहित बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न

  • A
  • A+
  • A++

माडी, चितवन । बालाचर्तुदशी पर्वको अवसर पारी माडी-८, बैकुण्ठधाममा भव्य बालाचर्तुदशी मेला सहित बृहत् साँस्कृतिक कार्यक्रम २०८१ सम्पन्न भएको छ । बैकुण्ठधाम मेला तथा पूजा व्यवस्थापन समितिको आयोजना तथा माडी नगरपालिका र माडी ८ वडा कार्यालयको प्रवर्द्धनमा सो भव्य मेला सम्पन्न भएको हो ।

विज्ञापन १

समितिका अध्यक्ष राजकुमार परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य रहँदा माडी नगरप्रमुख ताराकुमारी काजी महतो एवं गणेशधाम संरक्षण प्रवद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुके विशिष्ट अतिथि रहनुभयो ।

विज्ञापन २

मेला अन्तरगत सत्बिज छर्ने, पञ्चधारा स्नान, शिवलिंग र कैलाश दर्शनका साथै बैकुण्ठ तालको रमणीय दृश्यावलोकन समेतका निम्ति माडीसहित चितवन र वरपरका विभिन्न स्थानबाट दशौं हजार बढी दर्शनार्थी र भक्तजनको सहभागिता रहेको थियो ।

विज्ञापन ३

मेला अन्तरगत सञ्चालित बृहत् साँस्कृतिक कार्यक्रममा गायक जि.बी. सुनार एवं गायिका सम्झना रनपालको गायन एवं लाइभ दोहोरीसंगै स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहेको थियो । आयोजकले यसबर्षको मेला विगतभन्दा व्यवस्थित र भव्य बनाउन निकै प्रयास गरेको मेलाका सहभागीहरुले महसुस गरेका छन् ।

तपाईको प्रतिक्रिया