बिहिबार, पुष १८, २०८१
बिहिबार, पुष १८, २०८१

चितवन खबर पोष्ट

सोमेश्वरगढी सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल सम्मानित

  • A
  • A+
  • A++

माडी, चितवन । माडीको सोमेश्वरगढी जाने सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल सम्मानित हुनुभएको छ ।

विज्ञापन १

सोमेश्वरगढीलाई नेपालको १०० पर्यटकिय गन्तब्यस्थलको सूचिमा समावेश गराउन संघीय सरकारसंग र ढलान सडक निमार्णका लागि प्रदेश सरकारसंग पहल गर्दै निर्माण कार्य चलेको अवधीभरी नै सोमेश्वर क्षेत्रमा अहोरात्र खटिनुभएका प्रदेश सांसद ढकाललाई शुक्रबार सोमेश्वर गोलघर क्षेत्रमा एक औपचारिक कार्यक्रमबिच सम्मान गरिएको सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिले जनाएको हो ।

विज्ञापन २

समितिले प्रदेश सांसद ढकालसंगै निर्धारित समय अगावै सोमेश्वर सडक ढलान योजना सम्पन्न गरेको ठेकदार कम्पनी डाइनामिक कन्स्ट्रक्सन प्रा.लि.कम्पनीका ईञ्जिनियर युवराज क्षेत्री र भौतिक पुर्बाधार योजना प्रमुख वीरेन्द्र कुमार चौधरीलाई पनि सम्मान गरेको छ ।

विज्ञापन ३

ठेकदार कम्पनीले सम्झौताको ६ महिना अगावै सोमेश्वरगढी पुग्ने सडकको ढलान एवं बाटोको छेउमा नाला निर्माण लगायतका कार्य पुरा गरेको थियो । यसबाहेक निर्माण कम्पनीले आफ्‌नै लागत सौजन्यमा सोमेश्वर प्रवेशद्वार परिसरमा दुइ कोठे कार्यालय भवन निमार्ण गरी सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिलाई हस्तान्तरण समेत गरेको छ ।

तपाईको प्रतिक्रिया