माडी, चितवन । माडीको बघौंडा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नतिका लागि गठित कार्यदलले अस्पतालको अवलोकन गर्दै माडीमा छलफल तथा सुझाव संकलन गरेको छ ।
प्रदेश सरकार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट गठित कार्यदलका चारजना सदस्यहरुमध्ये संयोजक (तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका प्रमुख) डा. अर्जुनप्रसाद सापकोटा, सदस्य सचिव (तथा चिकित्सा महाशाखा प्रमुख) डा. खगेश्वर गेलाल, मुख्यमन्त्री कार्यालयका उपसचिव असिम घिसिङ र आर्थिक मामिला मन्त्रालयका उपसचिव श्रीकृष्ण आचार्यले बघौंडा अस्पतालमा सो भेट छलफल गर्नुभएको हो ।
माडी नगरप्रमुख ताराकाजी महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल र वडाध्यक्ष दीपेन्द्रराज पौडेलसंगै श्रीप्रसाद दवाडी, नारायण पौडेल, नेत्रनाथ आले, रामबन्धु पोख्रेल लगायतको सहभागिता रहेको थियो ।
छलफलमा माडीबाट सहभागी सबैले बघौंडा अस्पताललाई जतिसक्दो छिटो प्रदेश अन्तरगत लैजान आग्रह गरेका थिए । अस्पतालमा हाल विशेषज्ञ सेवा कम भएको उनीहरुको भनाई थियो । कार्यदलले आउदो आईतबारसम्म मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने समयसीमा रहेको छ ।