बुधबार, माघ ०९, २०८१
बुधबार, माघ ०९, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनको माडी नगर अध्यक्षमा भागिरथ बस्याल

  • A
  • A+
  • A++

माडी, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनको माडी नगर अध्यक्षमा भागिरथ बस्याल दोहोरिनुभएको छ । मंगलबार माडीको बसन्तपुरमा सम्पन्न संगठनको भेलाले बस्याल नेतृत्वकै निवर्तमान कार्यसमितिका बहुसंख्यक पदाधिकारीहरुको जिम्मेवारी कायमै राख्दै नयाँ कार्यसमिति चयन गरेको हो ।

विज्ञापन १

समितिको उपाध्यक्षमा तोयानाथ (अनुप) तिवारी, गोबिन्द पाध्य र प्रमिला महतो रहनुभएको छ । त्यस्तै, सचिवमा कृष्ण महतो, कोषाध्यक्षमा टिकाराम पौडेल र सहसचिवमा दिप्ती विश्वकर्मा चयन हुनुभएको छ । हाल १५ सदस्य कायम गरिएको नगर समितिको सदस्यहरुमा लेखाराम चौधरी, मोहन लामिछाने, ज्ञानुदय बराल, लेखनाथ सुवेदी, वीरेन्द्र चौधरी, गोविन्द दवाडी, देवी प्रसाद भुर्तेल र फिरल महतो रहनुभएको छ ।

विज्ञापन २

भेलामा नेकपा (माओवादी केन्द्र)का नेताहरुसंगै संगठनका जिल्ला अगुवाहरुको आतिथ्य रहेको थियो । नगर कार्यसमितिका बाँकी सदस्यहरु चयन गर्दै जिल्ला अधिवेशनका प्रतिनिधि चयन कार्यसमितिको बिस्तारित बैठकबाट गरिने अध्यक्ष बस्यालले बताउनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया