पारामेडिक गोबिन्द नेपाल राष्ट्रिय स्तरको स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित

818
SwadeshPost

विगत दुई दशकदेखि माडीको बसन्तपुरमा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएका पारामेडिक गोबिन्द नेपाललाई राष्ट्रिय स्तरको स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित गरिएको छ ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्क (प्रा.) लि., भरतपुर, चितवनले हरेक बर्ष प्रदान गर्दै आइरहेको स्वास्थ्य दर्पण हेल्थ अवार्ड-२०७५ बाट प्रदेश नं. ३ का तर्फबाट नेपाल सम्मानित हुनुभएको हो । उहाँसंगै अन्य ६ वटा प्रान्तका स्वास्थ्यकर्मी र चिकित्सकहरु समेत एकैसाथ सम्मानित गरिएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल काठमाडौंमा सम्पन्न सो सम्मान कार्यक्रममा काँग्रेस नेता शशांक कोइराला, पूर्व स्वास्थ्यमन्त्री वंशिधर मिश्र, नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट, चिकित्सा विज्ञान अध्ययन संस्थानका डीन प्रा. जगदीश अग्रवाल र बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिराज काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।

पारामेडिक गोबिन्द नेपालले बसन्तपुर बजारमा विश्वास फार्मेसीको नाउँबाट स्वास्थ्य सेवा दिँदै आउनुभएकोमा हाल विशेक क्लिनिकको नाउँबाट बिरामीहरुको स्वास्थ्य जाँच सहितको उपचार गरिरहनुभएको छ । त्यसैगरी माडीको कुसुमखोला, बाँदरझुला र अन्य ठाउँहरुमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरणको सेवा समेत दिँदै आउनुभएको छ । स्वास्थ्य फाँटमा दुई दशकको अनवरत योगदानका कारण स्वास्थ्य दर्पण हेल्थ अवार्ड २०७५ बाट उहााँलाई सम्मानित गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्कका प्रमुख सन्दीप श्रेष्ठले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost