३९ बर्षको उमेरमा एस.ई.ई. परीक्षा उत्तीर्ण

378
SwadeshPost

पूर्वी माडीको कृष्णनगर माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा परीक्षा (एस.ई.ई.)मा सहभागी एक ३९ बर्षीय परीक्षार्थी उत्तीर्ण भएका छन् ।

३९ बर्षको उमेरमा एस.ई.ई. परीक्षामा सहभागी हुनुभएका दामोदर भण्डारी २.४५ जि.पि.ए.सहित बी ग्रेडमा उत्तीर्ण हुनुभएको हो । गतबर्ष टम्टामा जंगली हात्तीको आक्रमणमा परी निधन हुनुभएकी शुसिला भण्डारीका श्रीमान समेत रहनुभएको उहाँ विद्यालयमै कार्यालय सहयोगीका रुपमा कार्यरत हुनुहुन्छ ।

कृष्णनगर माध्यमिक विद्यालयबाट ए ग्रेडमा ३ जना, बी प्लस ग्रेडमा ५ जना, बी ग्रेडमा ६ जना, सी प्लस ग्रेडमा १९ जना र सी ग्रेडमा ९ जना गरी कुल ४२ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । ए ग्रेड ल्याउने परीक्षार्थीहरुमा मनिष अर्याल, कमल भण्डारी र सुदिक्षा देवकोटा रहनुभएको विद्यालयले जनाएको छ ।

SwadeshPost