माडीमा क्वारेन्टाइन र आइसोलेशन बनाउने निर्णय कार्यान्वयन सुरू भएन

502
SwadeshPost

कोभिड १९ को संक्रमण नियन्त्रणको प्रयासमा माडी नगरस्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समितिले १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन बनाउने भनी गरेको निर्णय अझैसम्म कार्यान्वयन सुरू हुन सकेको छैन ।

नगर क्षेत्रमा हालसम्म कोरोनाको लक्षण भएका कोहिपनि फेला नपरेको सन्दर्भमा क्वारेन्टाइन वा आइसोलेशन बनाउने गत चैत १४ गतेको निर्णय कार्यान्वयन प्राथमिकतामा नपरेको हो । समितिले माडी माध्यमिक विद्यालय र माडी क्याम्पसको भवन प्रयोग गरी १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन वार्ड बनाउने निर्णय गरेको थियो ।

भारत लगायत प्रवासबाट आएकाहरु नियमित अनुगमन र स्वास्थ्य चेकजाँच सहितको होम क्वारेन्टाइनमा रहेकाले छुट्टै क्वारेन्टाइन साइटको आवश्यकता परिहालेको अवस्था नरहेपनि त्यसका लागि बेड लगायतका सामान भने तयारी अवस्थामा रहेको समन्वय समितिका संयोजक एवं माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

यसैबिच, नगरपालिकाले. दैनिक उपभोग्य खाद्यसामग्री पसलहरु दिनभर आंशिक रुपमा खुला राख्न आग्रह गरेको छ । पसल पुरै खोलेर नभई कोहि सामान किन्न आइपुगे सहज रुपमै सामान पाउनेगरी उपलब्ध रहन व्यवसायीहरुलाई आग्रह गरिएको हो । त्यसैगरी धान गहुँ आदि कुटानी पिसानी गर्ने मिलहरु प्नि चौबिसै घण्टा चालु अवस्थामा राख्न पनि नगरप्रमुख ढकालले आह्वान गर्नुभयो ।

SwadeshPost