प्र.जि.अ भट्टराई नेतृत्वको टोलीद्वारा माडीका क्वारेन्टाइन सेन्टरहरुको अनुगमन

421
SwadeshPost

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई नेतृत्वको टोलीले माडी क्षेत्रमा स्थापित क्वारेन्टाइन सेन्टरहरुको स्थलगत अनुगमन गरेको छ ।

प्रवासबाट ठूलो संख्यामा स्वदेश फर्किरहेको र माडी नगर क्षेत्रमा समेत आउने क्रम जारी रहेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी भट्टराई नेतृत्वको टोलीले माडीको अनुगमन भ्रमण गरेको हो । टोलीमा माडीका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, ईलाका प्रशासन कार्यालय माडी प्रमुख खोवराज सुवेदी, प्रहरी प्रमुख हर्क विश्वकर्मा, जनस्वास्थ्य संयोजक शिव प्रसाद सुवेदी, रेडक्रसकर्मी भागिरथ बस्याल लगायतको सहभागिता रहेको थियो ।

क्वारेन्टाइन सेन्टरहरुको अनुगमन पश्चात स्वदेश एफ.एम.संग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले माडीका क्वारेन्टाइन सेन्टरहरु सुरुवाती अवस्थामा रहेकोले धेरै सुधार गर्न बाँकी रहेको बताउनुभयो । त्यहाँ आउनेहरुलाई परस्पर घुलमिल हुन नदिने व्यवस्था मिलाउनुपर्ने, दैनिक स्वास्थ्य जाँच गर्नुपर्ने, सामाजिक दुरी र आहार विहारमा ध्यान दिनुपर्ने पनि उहाँको सुझाव थियो ।

SwadeshPost