क्वारेन्टाइन सेन्टरलाई व्यवस्थित बनाउन स्थानीयबासीहरु नै सक्रिय

238
SwadeshPost

बरुवास्थित क्वारेन्टाइन सेन्टरलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीयबासीहरु नै सक्रिय बनेका छन् । देशका कतिपय क्वारेन्टाइन सेन्टर नजिकको समुदायले क्वारेन्टाइन खडा गरेकोमा बिरोध गरिरहेको अवस्थाबिच बरुवाबासी खुलेर सहयोगमा जुटेका देखिन्छन् ।

२०० जना क्षमताको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइन सेन्टरमा विद्यालय परिवारसंगै स्थानीय स्टार स्पोर्टस् क्लब र चैनपुर फुटबल क्लबका सदस्यहरुले सरसफाई गरी कक्षाकोठाहरुमा मानिसहरु बस्ने ठाउँ मिलाएका थिए । त्यस्तै, बरुवामै रहेको गर्दी सामुदायिक पुस्तकालयले सो क्वारेन्टाइन सेन्टरमा आवश्यक परेजति साबुन, हातधुनका लागि पानी ड्रम र आवश्यक मात्रामा स्यानिटाइजर उपलब्ध गराएको छ ।

बरुवाको स्थानीय महिला समूहले क्वारेन्टाइनमा बस्नेहरुको खानपिनका लागि भाँडा उपलब्ध गराएको छ भने वडास्तरीय बिपद् व्यवस्थापन समितिले सामुहिक मेस सञ्चालन गरेको छ । त्यस्तै क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य डेस्क स्थापना र उच्च गतिको इन्टरनेट तथा टेलिभिजन सेट समेत जडान गर्न लागिएको वडा नं. १ कार्यालयले जानएको छ । हाल सो सेन्टरमा ६८ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने उनीहरुलाई लिएर आएका बस चालकलाई छुट्टै होम क्वारेन्टाइनमा राखिएको छ ।

SwadeshPost