सुनौली नाकामा राेकिएका ३५ बढी प्रवासीहरूलाई माडी ल्याइँदै

320
SwadeshPost

माडी नगरपालिकाले भारतका विभिन्न शहरहरुबाट आज साँझसम्म सुनौली नाकामा आइपुगेका करीब ३५ भन्दा धेरै प्रवासी माडीबासीहरुलाई माडी ल्याउन लागेको छ । सीमामा आइपुगेकाहरुलाई स्वदेश भित्र्याउन स्थानीय सरकार, प्रशासन एवं सुरक्षा निकायहरुसंग समन्वयका लागि वडाध्यक्षद्वय कृष्ण प्रसाद पौडेल र रामबन्धु पोखरेल एकवटा बससहित नाकातर्फ प्रस्थान गर्नुभएको हो ।

भारतको लखनउ, दिल्ली, मुम्बई र अन्य ठाउँहरुबाट नेपाल फर्किने क्रममा प्रवासीहरु बस, रेल र ट्रक लगायतका सवारी साधनहरुमार्फत सुनौली नाकामा आइपुगेका थिए । यसबाहेक एकजना कृष्णनगर नाकामा आएकोमा त्यहाँको शसस्त्र प्रहरीको सहयोगमा बुटवलसम्म आइपुगेका छन् । उनीहरु सबैलाई आज साँझपख नेपाल भित्र्याई मध्यरातसम्म माडी ल्याइपुर्याइने वडाध्यक्ष रामबन्धु पोखरेलले जनाउनुभयो । माडी आएका प्रवासीहरुलाई दिवाकर स्मृति विद्यालय रमाइलोडाँडास्थित क्वारेन्टाइन सेन्टरमा राखिने माडीका जनस्वास्थ्य संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।

SwadeshPost