नेकपाको प्रचण्ड-माधव पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन हुँदै

870
SwadeshPost

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाई पार्टी अध्यक्ष प्रचण्डलाई चयनको तयारी गरेको छ।

बुधवार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको नेकपाको प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठकले आगामी प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई अगाडि सार्ने तयारी गरेको नेकपा नेता देव गुरुङले जनाउनुभयो । यसअघि मंगलबार मात्रै प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको थियो । प्रतिनिधि सभा विघटनपछि सत्तारुढ दलमा फुट आएको हो । यता प्रधानमन्त्री ओलीले भने मंगलबार नै स्थायी कमिटी विस्तार गरी आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास गरिसकेका छन् ।

यसैबिच, संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज (बुधबार) हुँदैछ । संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा एक दर्जन रिट दायर भएका छन् । ११ वटा रिटको पेशी आजलाई र संवैधानिक इजलासमा पठाइएको एउटा रिटको पेशी आगामी शुक्रबारलाई तोकिएको छ ।

SwadeshPost