माडीमा नेकपा प्रचण्ड नेपाल समूहको बिस्तारित बैठक तथा प्रशिक्षण सम्पन्न

371
SwadeshPost

१९ पुस, चितवन । नेकपाको प्रचण्ड नेपाल समूहको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा नेकपाका माडी नगर कमिटिका पदाधिकारी र सदस्यहरुसंगै माडीमा रहेका नेकपाका अगुवा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र विशिष्ट अतिथिका रुपमा नेकपा प्रदेश कमिटिका सदस्यहरु घनश्याम दाहाल, ठाकुर प्रसाद ढकाल र ओमनाथ पाण्डेको सहभागिता रहेको छ । त्यसैगरी, नेकपाका जिल्लास्तरीय नेताहरु प्रकाश ढुंगाना, प्रेमराज तिमिल्सिना, रामलाल महतो, दण्डपाणी पौडेल, ऋषि काफ्ले, नारायण पौडेल, पुरन महतो, कमल रामदाम, केदार अधिकारी लगायतको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माडीका नगरप्रमुख समेत रहनुभएका नेकपा वागमती प्रदेशका सचिवालय सदस्य ठाकुर प्रसाद ढकालले प्रतिनिधीसभाको बिघटनको घटनाबाट देशमा अस्थिरता र अराजकता निम्तिएको आरोप लगाउनु भयो । त्यस्तै, प्रमुख अतिथि रहनु भएका नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजितले संविधान जनताको लामो र अथक संघर्ष तथा त्याग र बलिदानले प्राप्त गरेको हुनाले राजनैतिक संकटका बहानामा बहुमतको सरकारले प्रतिनिधिसभा भंग गर्नु जनताको संघर्ष, बलिदान र उपलब्धिहरु माथिको कुठाराघात भएको बताउनुभएको थियो ।

SwadeshPost