संसद विघटनको बिरोधमा प्रचण्ड नेपाल नेतृत्वको नेकपा माडीद्वारा बिरोध प्रदर्शन (भिडियो सहित)

168
SwadeshPost

५ माघ, चितवन । प्रतिनिधीसभा विघटनको बिरोधमा प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी नगर समितिले माडीमा बिरोध प्रदर्शन गरेको छ ।

नेकपा माडी नगर कमिटिको आयोजनामा माडीको बसन्तपुर बजारमा बिरोध जुलुस प्रदर्शन भएको हो । जुलुसका सहभागीहरुले ‘प्रतितिधीसभा पुनर्स्थापना गर’, ‘के.पी. सरकार मुर्दाबाद’, ‘बढ्दो महंगी नियन्त्रण गर’, ‘संबिधानको रक्षा गरौं’, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं’ लगायतका नारा लगाएका थिए ।

जुलुसमा नेकपाका प्रदेश, जिल्ला र नगरस्तरीय नेता कार्यकर्ताहरु सहभागिता रहेको देखिएको थियो । जुलुस बसन्तपुरको चौरमा बिरोध सभामा परिणत हुने र प्रचण्ड नेपाल पक्षीय प्रदेश तथा जिल्लास्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहको रहेको जनाइएको छ ।

SwadeshPost