जनजागरण पार्टीका नेता चेपाङ सहित ८ जना प्रचण्ड-नेपाल नेतृत्वको नेकपा प्रवेश

325
SwadeshPost

जनजागरण पार्टी नेपालका नेता राजकुमार चेपाङ सहित माडी बाँदरझुलाका ८ जना प्रचण्ड-नेपाल नेतृत्वको नेकपा प्रवेश गरेका छन् ।

माडी-९ स्थित बाँदरझुला सुकुम्बासी संघर्ष समितिका अध्यक्ष समेत रहनुभएका चेपाङको नेतृत्वमा जनजागरण पार्टी नेपालका कार्यकर्ताहरु बोट बहादुर प्रजा, राजिमान प्रजा, सागर प्रजा, सूर्य प्रजा, रेजिना प्रजा र सागर प्रजा तथा रा.प्र.पा. समर्थक शान्ति गोले नेकपा प्रवेश गर्नुभएको हो ।

संसद पुनःर्स्थापना भएको खुसीयालीमा नेकपा चितवनद्वारा भरतपुरको बसपार्कमा आयोजित आयोजित विजय सभामा उहाँहरुले पार्टी प्रवेशको घोषणा गर्नुभएको हो । यसअघि, नेता राजकुमार चेपाङ बाँदरझुला बस्ती व्यवस्थापन लगायतका बिषयहरुमा माडीका ओलीपक्षीय नेकपा नेताहरुसंगै प्रधानमन्त्री के.पी.ओलीसमक्ष डेलिगेशनमा पुग्नुभएको थियो ।

SwadeshPost