गैंडाको आक्रमणमा परी माडी-३, धोबाहामा एकजनाको मृत्यु, तीनजना घाइते
गैंडाको आक्रमणमा परी माडी–३, धोबाहामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बच्चा सहितको गैंडाले आक्रमण गर्दा माडी-३, बैराँठ निवासी अन्दाजी बर्ष ५० का छबिलाल बोटको घटनास्थलमै मृत्यु भएको हो ।
माओवादी केन्द्र सम्बद्ध माडीका युवा विद्यार्थीहरुले गरे विपन्न परिवारलाई न्यानो कम्बल वितरण
माडी, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा विद्यार्थीहरुले सहयोग संकलन गरी माडीका सबैजसो वडा (हनुमानझुला समेत) मा १८१ थान न्यानो कम्बल (बल्याङ्केट) वितरण गरेका छन् । माडी नगर क्षेत्रका बिपन्न एवं सुकुम्बासी परिवारहरु
आइफोन र पैसा सहितको झोला भेटेका माडीका सुवेदी र पोख्रेलले सम्बन्धित झोलाधनीलाई फिर्ता
माडी, चितवन । आइफोन र एन्ड्रोइड मोबाइल, केहि नगद, सवारी लाइसेन्स र नागरिकता प्रमाणपत्र सहितको झोला भेटेका माडीका युवा बिष्णु सुवेदी र देवी पोख्रेलले सम्बन्धित झोलाधनी रेखा गुरुङलाई सकुशल फिर्ता गर्नुभएको छ । सोमबार
माडी नगरपालिकाको १४औं नगरसभाले ‘माडी प्रज्ञा प्रतिष्ठान विधेयक – २०८१’ पारित
चितवन । माडी नगरपालिकाको १४औं नगरसभाले माडी नगरमा प्रज्ञा प्रतिष्ठान स्थापनाको आधार तयार गर्दै ‘माडी प्रज्ञा प्रतिष्ठान विधेयक – २०८१’ पारित गरेको छ । आइतबार बिहान होटल प्याराडाइजमा सम्पन्न १४औं नगरसभाले सो विधेयक पारित
२६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेल तालिका प्रकाशित
माडी, चितवन । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सञ्चालन हुनलागेको २६औं गोल्डन इमिनेन्ट माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको टाइसिट (खेल तालिका) प्रकाशन भएको छ । प्रतियोगिताको समुद्घाटन सहित पहिलो खेल माघ ६ गते हुने
माघे संक्रान्ति (खिचरा) पर्वको अवसरमा माडीमा फुटसल र भलिबल प्रतियोगिता सञ्चालन हुँदै
माडी, चितवन । थारु समुदायको विशेष पर्व माघी (खिचरा)को अवसर पारी माडीको बघौंडा चौरमा आयोजित खिचरा महोत्सव अन्तरगत माडीस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । पौष २९ देखि माघ १ गतेसम्म सञ्चालन हुने खिचरा
नयाँदिल्लीमा उपचाररत ब्लड क्यान्सर पीडित भूपराज पाठकलाई नेपाल ल्याइँदै, स्वास्थ्य अवस्था जटिल
माडी, चितवन । स्वास्थ्य अवस्था बिग्रिएर जटिल र स्थिर भएसंगै नयाँदिल्लीमा उपचाररत ब्लड क्यान्सर (एवं क्षयरोग) पीडित भूपराज पाठकलाई नेपाल ल्याइँदैछ । राजीब गान्धी अस्पतालमा करीब तीन साताको उपचार पश्चात थप उपचार र स्याहार
रक्तक्यान्सर पीडित पाठकको उपचार सहयोगार्थ पत्रकार महासंघ चितवन शाखाद्वारा आर्थिक सहयोग
माडी, चितवन । रक्तक्यान्सर पीडित भुपराज पाठकको उपचार सहयोगार्थ नेपाल पत्रकार महासंघ चितवन शाखाले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघ चितवनका पूर्व कार्यसमिति सदस्य समेत रहनुभएका पाठकको घरमै पुगी उहाँको परिवारलाई भेट गरी
सोमेश्वर मा.वि.को स्वर्ण महोत्सवका अवसरमा जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा सम्पन्न
माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवका अवसरमा आयोजित जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा नेपाली माध्यमतर्फ जनजीवन मा.वि.का सोनु रेग्मी र अंग्रेजीतर्फ जनकल्याण मा.वि.का सेफ्रन सुवेदी प्रथम हुनुभएको छ । त्यस्तै, नेपाली माध्यमतर्फ