माडी नगरपालिकाले आगामी आर्थिक बर्षबाट नगर प्रहरीको व्यवस्था गर्ने

540
SwadeshPost

१३ चैत्र, चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्षबाट नगर प्रहरीको व्यवस्था गर्ने भएको छ ।

माडीमा शहरीकरण बढिरहेसंगै आफ्नै सुरक्षा अंगको आवश्यकता महसुस गरी नगरपालिकाले हालै ‘नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यबिधी २०७७’ पारित गरी नगर प्रहरीको व्यवस्था गर्न लागेको हो । कार्यबिधी पारित भएसंगै चालू बर्षमा यसको प्रारम्भीक तयारी गरी आउँदो आर्थिक बर्ष २०७८/७९ मा सानो संख्यामा नगरप्रहरीको भर्ना खोलिने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

नगर प्रहरीले सार्वजनिक आवागमनमा बाधा पुग्नेगरी राखिएका निर्माण सामग्री, पसल, व्यवसाय, ठेला आदि हटाउने तथा सार्वजनिक जमीनको संरक्षण र अनुगमन गर्ने जिम्मेवारी पाएका हुन्छन् । त्यसैगरी नक्सा पास नगरी भवन निर्माण भए बल प्रयोग गरेरै भएपनि भत्काउने, छाडा पशुचौपाया र सडक कुकुर नियन्त्रण गर्ने, बजारमा खाद्य अनुगमन गर्ने लगायतका जिम्मेवारीहरु नगर प्रहरीमा रहेको हुन्छ । (सांकेतिक तस्वीर)

SwadeshPost