माडी नगरपालिकाद्वारा कक्षा १ मा ‘हाम्रो माडी’ नामको स्थानीय पाठ्यक्रम लागु

758
SwadeshPost

१३ चैत, चितवन । माडी नगरपालिकाले यसै बर्षदेखि कक्षा १ मा हाम्रो माडी नामको स्थानीय पाठ्यक्रम लागु गरेको छ ।

यसका लागि नगरपालिकाको शिक्षा शाखाले ६४ पृष्ठको रंगीन पुस्तक प्रकाशन गरी ल्याइसकेको छ र तत्कालै विद्यालयहरुमा पठाइने जनाएको छ । जारी शैक्षिक बर्षको उत्तरार्धमै भएपनि कक्षा १ को स्थानीय पाठ्यपुस्तक लागु हुने र आउँदो बर्षहरुमा क्रमशः कक्षा २ र ३ मा स्थानीय बिषय लागु हुने जनाइएको हो ।

कक्षा १ को पुस्तकमा इकाई १ देखि १० मा हाम्रा जनप्रतिनिधीहरु, हाम्रो भौगोलिक अवस्था, हाम्रो वातावरण, हाम्रो विगत, हाम्रो संस्कृति र साँस्कृतिक सम्पदा, हाम्रा विकासका पूर्वाधारहरु, हाम्रा आर्थिक गतिविधिहरु, हाम्रो सामाजिक गतिविधि, हाम्रो सुरक्षा र हाम्रो बानीव्यवहार शीर्षकका पाठहरु रहेका छन् । पहिलो संस्करणका रुपमा प्रकाशित सो पुस्तकमा केहि तस्वीरहरु गलत छापिएको पनि देखिएको छ ।

हाल स्थानीय निकायले कक्षा १ देखि ५ सम्म ४ पाठ्यभार र कक्षा ६ देखि ८ सम्म ५ पाठ्यभार रहेको १०० पूर्णाङ्क युक्त स्थानीय बिषय लागु गर्न सक्ने व्यवस्था छ । (तस्वीरः पुस्तकको बाहिरी र एक भित्री पेज)

SwadeshPost