माडीमा सहुलियत ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाही

कालो सुचीमा परेका ऋणिहरुबाट कुल २ करोड १२ लाख रुपैंया असुलीका लागि पत्राचार

384
SwadeshPost

१५ चैत, चितवन । माडी नगरपालिकाले ४ प्रतिशत ब्याजदरमा व्यवसायिक पशुपालक कृषकहरुलाई प्रवाह गरेको ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाहीको दायरामा ल्याएको छ ।

नगरपालिकाले करीब २ बर्षअघि माडीका ४ वटा साना किसान कृषि सहकारी संस्थाहरुमार्फत २२४ जना व्यवसायिक कृषकहरुलाई करीब ९ करोड रुपैंया सहुलियत ऋणस्वरुप उपलब्ध गराएको थियो । उनीहरुमध्ये ५६ जना कृषकहरुलाई नगरपालिकाले कालो सुचीमा राखी कारवाहीको निणर्य गर्दै अनुदान सम्झौता तोडेको हो । कालो सुचीमा परेका ऋणिहरुले कुल २ करोड १२ लाख रुपैंया ऋणस्वरुप लगेका छन् ।

सहुलियत ऋण पाएका अधिकांश किसानहरुले सम्बन्धित काममै ऋण रकमको उपयोग गरेपनि केहि ऋणिहरुले निर्दिष्ट काम नगरी ऋणको अपचलन गरेको गुनासो उठ्दै आएको थियो । गुनासो बढेसंगै नगरपालिकाको कृषि शाखाले सबै ऋणिहरुको अगुगमन गर्दै सचेत गराएको थियो । २ महिनाअघि गरिएको दोश्रो पटकको अनुमनगमा समेत सुधार नदेखिएका ऋणिहरुको लगत संकलन गरी शाखाले पेश गरेको प्रस्ताव स्वीकृत गर्दै नगरपालिकाको कार्यपालिका बैठकले कारवाहीको निणर्य गरेको हो ।

SwadeshPost