ओलीले कारवाही गर्न नसक्ने माधवकुमार नेपालकाे जिकीर

256
SwadeshPost

१६ चैत्र, चितवन । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष के.पी. ओलीले आफूलाई निलम्बन गरेको कदम ‘निरंकुश, स्वेच्छाचारी र अधिनायकवादी’ भएको टिप्पणी गर्नुभएको छ ।

आफूहरुलाई ओलीले कारवाही गर्न नसक्ने उहाँको जिकीर छ । ओली एमालेको नभई एक गुटको मात्रै अध्यक्ष भएको भन्दै उहाँले ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका लागि देशैभरका कार्यकर्ताहरुलाई आग्रह’ समेत गर्नुभयो । यसअघि, एमाले अध्यक्ष ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको थियो ।

निलम्बनको कारवाहीबारे टिप्पणी गर्दै नेता नेपालले भन्नुभयो, “यो निर्णय म अस्वीकार र निन्दा गर्छु । कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न बनाउने सोचको उपज हो । यो केपी ओलीको षडयन्त्रको रुपमा बुझेको छु । यो षडयन्त्रलाई विफल पार्न देशभरका कार्यकर्ताहरुलाई आह्वान गर्छु । साथै क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका लागि आह्वान गर्छु । महाअभियानमा संलग्न हुन र पुनर्गठन गर्न आग्रह गर्छु ।”

SwadeshPost