चितवन जिल्लामा बिहीबारदेखि जोरबिजोरका आधारमा सार्वजनिक सवारी साधन चल्ने

649
SwadeshPost

२३ असार, चितवन । चितवन जिल्लामा भोलि बिहीबारदेखि जोरबिजोरका आधारमा सार्वजनिक सवारी साधन चल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार एक सुचना जारी गर्दै जोर गतेको दिन जोर नम्बरका र बिजोर गतेका दिन बिजोर नम्बरका सार्वजनिक सवारी साधन चल्न पाउने जनाएको हो । यसरी सवारी चलाउँदा सिट क्षमता भन्दा बढी याबु नचढाउने, सबै यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाउने यात्रुहरुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, सवारी र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्ने र सवारी साधनहरुलाई दैनिक रुपमा निसंक्रमण (डिस्इन्फेक्सन) गर्नुपर्ने बाध्यकारी व्यवस्था लागु गरिएको छ ।

कोरोनाको दोश्रो लहर सुरु भएसंगै चितवनमा मध्य बैशाखबाट निशेधाज्ञा लागु भई सवारी साधनहरु चल्न बन्द भएका थिए । जिल्लामा कोरोना संक्रमणको दर केहि कम भएको देखिएसंगै सार्वजनिक सवारी साधनहरु चल्ने भएका हुन् ।

SwadeshPost