ब्लड क्यान्सर पीडित बालिका अनुष्काको उपचार सहयोगार्थ सहयोग जुट्न सुरु

180
SwadeshPost

चितवन । ब्लड क्यान्सर पीडित माडी-२ ध्रुब गाउँकी ६ बर्षीया बालिका अनुष्का महतोको उपचार सहयोगार्थ सहयोग जुट्न सुरु भएको छ ।

बिरामी बालिकाको उपचारमा सघाउन माडी सेरुवा निवासी युवा व्यवसायी मिलनजंग (उद्धव) थापाले रु. ५ हजार १०० सहयोग गर्नुभएको छ । त्यसैगरी अर्का व्यवसायी, बसन्तपुर निवासी बल बहादुर परियारले समेत उपचार सहयोगार्थ रु ५ हजार सहयोग गर्नुभएको बालिकाको उपचार सहयोग समितिले जनाएको हो ।

त्यस्तै, नेपाल ग्रामिण पुनर्निर्माण संस्थाको एक नदी एक समुदाय परियोजना प्रमुख रबिन्द्र सिंह ठकुरीबाट रु. ५ हजार र काठमाडौं निवासी लुसन सिंह ठकुरीबाट रु. ५ हजार सहयोग प्राप्त भएको हो । त्यसअघि बालिकाको उपचार सहयोग खाता खोल्न माडी नगरपालिका वडा नं. २ कार्यालयबाट रु. ८ हजार दाखिला भएको बालिकाको उपचार सहयोग समितिले जनाएको छ ।

बालिकालाई उपचारमा सघाउन माडी २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल, बालिकाकी आमा बालकुमारी महतो र स्थानीय युवा अभियन्ता सञ्जय महतोको नाउँमा राष्ट्रिय बाणिज्य बैंक माडी शाखामा 146010000003001H नम्बरको बैंक खाता सञ्चालनमा ल्याइएको उपचार सहयोग समितिले जनाएको छ ।

SwadeshPost