नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले पार्टीभित्र एकता कायम राख्न निर्देशन

686
SwadeshPost

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र एकता कायम राख्न निर्देशन दिनुभएको छ ।

पार्टीको माडी नगर कमिटिद्वारा बसन्तपुरस्थित होटल प्याराडाइजमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु ‘संसदीय तिगडम’ नजान्ने भएकाले आन्तरिक एकताबाट मात्रै जित हासिल गर्न सक्ने बताउनुभयो । आउँदो निर्वाचनमा माडीको मेयर र उपमेयर सहित ५-६ वटा वडाध्यक्ष जितिने आफूलाई रिपोर्टिङ्ग गरिएको उहाँले सार्वजनिक गर्नुभयो ।

सम्बोधनका क्रममा प्रचण्डले माडीमा विगत २० औं बर्षमा नभएका विकासका कामहरु पछिल्लो ४-५ बर्षमा भएपनि त्यसको प्रचार हुन नसकेको टिप्पणी गर्नुभयो ।

तात्कालीन के.पी. ओली नेतृत्वको सरकारले माडीको विकास र निकाशमा एक प्रकारको नाकाबन्दी लगाएकाले अपेक्षित काम हुन बाँकी रहेको उहाँको दावी थियो ।पार्टीका माडी नगर अध्यक्ष प्रभु प्रसाद महतोले सिधा सञ्चालन गर्नुभएको सो कार्यक्रममा सो पार्टीका नगर तथा वडास्तरका नेता र कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

SwadeshPost