चितवन राजनीतिक टक्कर र लडाइँले कुरुक्षेत्र हुन लागेकाे टिप्पणी ःप्रचण्ड

343
SwadeshPost

१२, कार्तिक चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष के.पी. ओलीले प्रचण्ड र चितवनलाई ताकेर चितवनमा महाधिवेशन गर्नु राजनीतिक टक्कर र लड़ाई भएको बताउनुभएको छ ।


माओवादी केन्द्र भरतपूर महानगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेले बुटवलमा हुने भनेकाे महाधिवेशनलाई चितवनमा गर्नु राजनीतिक टक्कर र लडाईको ठूलो रूप भएको बताउनुभयो ।


ओलीले माडीमा अयोध्याधाम बनाउने प्रक्रिया र राम लक्ष्मण, सीता तथा हनुमानको मूर्ति ल्याएर नभएपछि महाधिवेशन नै चितवनमा गर्दा राजनीतिक टक्कर र लडाइँले चितवन कुरुक्षेत्र हुन लागेकाे टिप्पणी गर्नुभयो ।

SwadeshPost