मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

माडीमा कालोपत्रे गर्न तथा शहीदपार्क र बाँदरमुढेपार्कका लागि शहरी विकास मन्त्रालयबाट बजेट स्वीकृत

  • A
  • A+
  • A++

चितवन । कालोपत्रे हुन बाँकी रहेका माडीका भित्री बाटोहरु कालोपत्रे गर्न तथा सितलपुर शहीदपार्क र बाँदरमुढे शान्तिपार्क निर्माण लागि शहरी विकास मन्त्रालयले बजेट स्वीकृत गरेको छ ।

विज्ञापन १

मन्त्रालयले माडी नगरपालिका वडा नं. १को सेरूवा-बनकट्टा हँुदै पाण्डवनगर सम्म र सो वडाकै बरूवा बजारदेखि वडा नं.२को भैरवपुर हुँदै चिरौली सम्म, वडा नं.२ को मध्य सित्तलपुर-वडा नं.४ घोसरी हुँदै एकता स्तम्भ सम्म, वडा नं.५ को बेलुवा-ढुकुरबारी-वडा नं.६ मझुवा हुँदै स्याउलीबास सम्म, वडा नं.७ को बाउनडोरी-पतरेखोला-मोटेचोक वडा नं.६ हरिनगर हुँदै कल्याणपुर सम्म, वडा नं.८ को एनसेल टावरदेखि कान्तिपुर सामुहिक खेती हुँदै बैकुण्ठ पार्क सम्मका सडकहरू कालोपत्रेका लागि बजेट स्वीकृत गरेको हो ।

विज्ञापन २

त्यस्तै, वडा नं.२ स्थित सित्तलपुरको शहिद पार्क तथा वडा नं. ६ स्थित बाँदरमुढे शान्तिपार्कका लागि बहुबर्षे आयोजना अन्तर्गत यसबर्ष कार्य प्रारम्भ गर्नका लागि सघन सहरी विकास कार्यक्रम अन्तरगत रू.२० करोड बजेट समेत स्वीकृत भएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सार्वजनिक गर्नुभयो ।माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य समेत रहनुभएका पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहल र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ब्यवस्थापनमा माडीका लागि सो बजेट स्वीकृत भएको नगरप्रमुख ढकालले सामाजिक सञ्जालमार्फत जनाउनुभएको हो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया