चितवन । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले तिहार पर्वमा पटकाको अवैध बिक्रीवितरण रोक्न नसकिएको स्वीकार गर्नुभएको छ ।
विज्ञापन १
बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले आफू हालैमात्र सरुवा भई चितवन आएको र पहिले नै जिल्लामा भित्रिइसकेका पटका पड्किनबाट रोक्न नसकेको बताउनुभएको हो । पत्रकारहरुको सुझाव ग्रहण गर्दै उहाँले आफ्नो पहिलो कर्तव्य नागरिकलाई प्रभावकारी सेवा प्रवाह र कानुनको पालना भएको बताउनुभयो ।
विज्ञापन २
अन्तरक्रियामा उपस्थित जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले पटका नियन्त्रणका लागि यसको बिक्री वितरण नै रोक्नपर्ने बताउनुभयो । बिस्फोटक पदार्थ ओसारपसारको कसुरमा पाँच जनामाथि मुद्दा चलाएको र केही मात्रामा पटका जफत भएको उहाँले जनाउनुभयो ।
विज्ञापन ३