आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

चितवन खबर पोष्ट

माडीको बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता भएका पुरुष पानीमुनी हिलोमा गडेको अवस्थामा मृत भेटिए

  • A
  • A+
  • A++

माडी, चितवन । माडीको बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता भएका पुरुष पानीमुनी हिलोमा गडेको अवस्थामा मृत भेटिएका छन् ।

विज्ञापन १

भरतपुर महानगरपालिका-१६, शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतमको शव बिहीबार साँझपख तलाउबाट बाहिर निकालिएको हो । सशस्त्र प्रहरी बल कुरिनटारबाट आएको गोताखोर सहितको बिपद् उद्धार प्राविधिक टोलीले गौतमको शव पानीबाहिर निकालेको हो ।

विज्ञापन २

पेशाले चार्टर्ड एकाउण्टेन्ट रहेका गौतम आफ्नो परिवार सदस्यहरुसंगै ठोरी जाने क्रममा बैकुण्ठ तालमा समेत घुमफिरका लागि पुगेका थिए । तालमा पुगेलगत्तै फोटो खिँच्ने क्रममा बिहान करीब ११ः३० बजे लेउ लागेको ढुङ्गाबाट खुट्टा चिप्लिएर पानीमा डुबेर बेपत्ता भएका थिए ।

विज्ञापन ३

माडी नगरपालिका-८ स्थित बैकुण्ठ सामुदायिक वनभित्र रहेको सो ताल घुमफिर गर्न दैनिक दर्जनौँ पर्यटक पुग्ने गरेका छन् । तर उनीहरुलाई तालको गहिराई, झरनाको तल रहेको गुफाजस्तो खोंच र पानीको तल्लो भागमा हिलो रहेकोबारे राम्रो जानकारी नहुँदा पौडिने, सेल्फी खिँच्ने वा टिकटक भिडियो बनाउने क्रममा असावधानीबस पानीमा डुबेर हताहतीको घटना हुनेगरेको छ ।

तपाईको प्रतिक्रिया