स्टारकप फुटबल प्रतियोगिता २०७५ को खर्च विवरण सार्वजनिक

279
SwadeshPost

बरुवामा सम्पन्न स्टारकप फुटबल प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरिएको छ । हरितालिका तीज तथा क्लबको २२ औं बार्षिकोत्सवका अवसरमा माडीको बरुवामा स्टार कप फुटबल प्रतियोगिताको २४ औं संस्करणका रुपमा सो प्रतियोगिता सम्पन्न भएको थियो ।

सो प्रतियोगितामा अन्तर्गत आम्दानीतर्फ, टिम दर्ताबाट रु.२ लाख ४० हजार, सहयोग संकलन रसिदबाट २ लाख ७१ हजार ४५०, खेल अवलोकन टिकटबाट १ लाख ३० हजार ४० रुपैया लगायत गरी जम्मा आम्दानी रु.८ लाख ३८ हजार ७९० प्रस्तुत गरिएको छ ।

त्यस्तैगरि खर्चतर्फ रेफ्रिको पारिश्रामिक नगद रु. १ लाख, प्रथम द्वितिय र तृतिय पुरस्कार नगद तथा जिन्सी सहित क्रमशः ९९,७००, ६३,४५०, १४,१८५ र सान्त्वना पुरस्कार नगद रु. १० हजार लगायत गरी जम्मा खर्च रु. ७ लाख ३७ हजार २६९ खर्च प्रस्तुत गरिएको छ । सो प्रतियोगितामार्फत १ लाख १ हजार ५२१ नगद मौज्दात बाँकी रहेको स्टार स्पोर्टस् क्लबले जारी गरेको आयव्यय विवरणमा उल्लेख गरिएको छ ।

SwadeshPost