कृषि विकास बैंकद्वारा जनजीवन मा.वि.लाई कम्प्युटर हस्तान्तरित

304
SwadeshPost

कृषि विकास बैंक लिमिटेड माडी शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

बैंकका क्षेत्रीय कार्यालय वीरजंगका निर्देशक चन्द्रसिंह थापाको अध्यक्षतामा विद्यालयमा सम्पन्न एक कार्यक्रमबिच बैंकले विद्यालयलाई दुईथान कम्प्युटर प्रदान गरेको हो । माडी नगरपालिको सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीको प्रमुख आतिथ्यतामा कम्प्युटर हस्तान्तरण गरिएको कृषि विकास बैंक माडी शाखाका प्रवन्धक कुमार उप्रेतीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यसैबिच, जनजीवन माध्यमिक विद्यालयमै विद्यालय पाठ्यक्रममा वातावरणमैत्री शिक्षा नीति विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल चितवनका अध्यक्ष ऋषि प्रसाद खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, जनजीवन र कृष्णनगर मा.वि.का प्रधानाध्यापकद्वय एवं सेन्स चितवनका पदाधिकारीहरुको सहभागिता रहको जनजीवन माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद भण्डारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो

SwadeshPost