माडीको बघौंडा अस्पतालद्वारा एम.डि.जी.पी. र मेडिकल अफिसरसहितको विशेषज्ञ स्वास्थ्य सेवा प्रदान

473
SwadeshPost

माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालले एम.डि.जी.पी. र मेडिकल अफिसरसहितको विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाएको छ । अस्पतालले २४सै घण्टा आकस्मिक जाँच, सुत्केरी तथा प्रसुती सेवा, फार्मेसी र प्रयोगशाला सेवा समेत दिइरहेको जनाएको हो ।

बघौंडा अस्पतालले स्वदेश एफ.एम.लाई उपलब्ध गराएको सुचना अनुसार सो अस्पतालमा बिरामी भर्ना सेवा, बिस्तारित स्वास्थ्य सेवा, डेन्टल डाक्टरद्वारा दैनिक दाँतको उपचार तथा परामर्श सेवा, गर्भवती जाँच तथा परिवार नियोजन सेवा तथा भिडियो एक्स-रे र इ.सि.जी. सेवा समेत सञ्चालनमा रहेको जनाइएको छ । त्यसैगरी सामाजिक सुरक्षा स्वास्थ्य बीमा कार्यक्रम, लक्षित समूहलाई निःशुल्क स्वास्थ्य सेवा, क्षयरोग र कुष्ठरोग उपचार, औलो, कलाज्वोर तथा यौन रोग सम्बन्धि उपचार सेवा र महामारी नियन्त्रण कार्यक्रम समेत जारी रहेको बताइएको छ ।

त्यस्तै, अस्पतालमा ओ.पि.डी.सेवा, खोप तथा गाउँघर क्लिनिक कार्यक्रम, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा, आमा सुरक्षा कार्यक्रम, मानसिक स्वास्थ्य सम्बन्धि जाँच तथा उपचार सेवा र प्रेषण तथा एम्बुलेन्स सेवा पनि रहेको जानकारी दिइएको छ । माडीको बसन्तपुरस्थित एकमात्र सरकारी अस्पतालका रुपमा रहेको सो अस्पतालमा भरपर्दो स्वास्थ्य सेवा सञ्चालन हुन थालेसंगै बिरामीहरुको चाप समेत क्रमशः बढ्दै गएको अस्पताल प्रशासनको भनाई छ ।

SwadeshPost