माडी नगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

149
SwadeshPost

माडी नगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

माडी नगरपालिका वडा नं. १, ७ र ८ निवासी बर्ष १९ देखि ३६ बर्षका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाले जनाएको हो । संक्रमितहरुमध्ये भैरवपुरस्थित आधारभूत विद्यालय एकान्तबासमा राखिएका ६ जना तथा बसन्तपुरस्थित माडी मा.वि. क्वारेन्टाइनका २ जना रहेका हुन् । उनीहरुलाई माडी क्याम्पस आइसोलेशनमा ल्याई उपचार गरिने माडी नगरपालिका जनस्वास्थ्य शाखाले जनाएको छ ।

गत असार २६ गते बर्षा र बाढीको बिचमा उनीहरुको स्वाब संकलन गरिएकोमा ढीला गरी रिपोर्ट सार्वजनिक भएको हो । त्यसबखत माडी मा.वि.भित्र राखिएका ५२ जना तथा भैरवपुरमा राखिएका १६ जनासहित दुबै क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरिएको थियो । माडी बाहेक पूर्वी नवलपरासी जिल्ला अन्तरगत कावासोती नगरपालिकाका २ जना पुरुष तथा बुलिङटार गाउँपालिकाका २ महिला र ८ जना पुरुषहरुमा कोभिड १९ को संक्रमण पुष्टी भएको हो । उनीहरु सबैजना क्वारेन्टाइनमा राखिएकाहरु नै हुन् ।

SwadeshPost