अयोध्यापुरी क्षेत्रका पुरातात्वीक वस्तुहरूकाे सुचना संकलनका लागि कार्यसमिति गठित

569
SwadeshPost

चितवन । माडीको अयोध्यापुरी क्षेत्रमा रहेका धार्मिक एवं पुरातात्वीक महत्वका सामग्री र सुचना संकलनका लागि साविक अयोध्यापुरी गा.वि.स. अध्यक्ष नारदमणी पौडेलको संयोजकत्वमा कार्यसमिति गठन भएको छ ।

माडी नगरपालिकाको आह्वानमा नगरपालिकाको सभाहलमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले पौडेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिका सदस्यहरुमा डि.आर. पोखरेल, साध्यबहादुर भण्डारी, लोकमणी पौडेल, सुदर्शन सुवेदी, लिलकुमार गुरौ, कोमलनाथ भुसाल, दिल बहादुर गायक, कोपिला सिवाकोटी, अम्बिका लामिछाने र शिवहरि सुवेदी रहनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीको अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गर्नुभएकोमा नवगठित कार्यसमितिले आवश्यक अध्ययन गरी प्रमाणहरु संकलन गर्ने जिम्मेवारी पाएको हो । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसेको सो सर्बदलीय सर्वपक्षीय बैठकमा वागमती प्रदेश सभा सदस्य रामलाल महतो, नगर उपप्रमुख ताराकुमारी काजी महतो एवं माडीका वडाध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

SwadeshPost