दिवंगत श्रीमान र ससुराको स्मृतिमा महिला नेतृ तिमिल्सिनाले मलामी गृह निर्माण गर्ने

292
SwadeshPost

६ फागुन, चितवन । माडी बनकट्टाकी महिला नेतृ एवं सामाजिक अभियन्ता सीता तिमिल्सिनाले आफ्ना दिवंगत श्रीमान र ससुराको स्मृतिमा मलामी गृह निर्माण गर्नुहुने भएको छ ।

तिमिल्सिनाले दिवंगत श्रीमान रामकृष्ण तिमिल्सिना र दिवंगत ससुरा खेमनाथ तिमिल्सिनाको स्मृतिमा माडी नगरपालिका वडा नं. १, बनकट्टास्थित रीउ नदी किनारमा करीब ५ लाख बराबरको निजी लगानीमा मलामी विश्रामस्थल निर्माण गर्न लाग्नुभएको हो । वडाभित्र, रीउ किनारको उपेक्षित जगीनमा मलामी विश्रामस्थल निर्माणका लागि तिमिल्सिना परिवार र माडी १ वडा कार्यालयबिच सहमती गरिएको वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।

मलामी आएका व्यक्तिहरुलाई पानी पर्दा र चर्को घाम लाग्दा ओत लाग्न कठिन भएपछि मलामी गृह बनाउने सोच बनेको सामाजिक अभियन्ता एवं नेतृ तिमिल्सिनाले बताउनुभयो । गत स्थानीय निर्वाचनमा तात्कालीन नेकपा एमालेबाट माडी १ को वडाध्यक्षको प्रत्यासी रहनुभएकी उहाँ होटल व्यवसायमा आवद्ध रहनुका साथै हरेक सामाजिक गतिविधीहरुमा सक्रिय रहँदै आउनुभएको छ ।

SwadeshPost