नेकपाको विभाजनपछि माडी नगरपालिकामा शक्ति सन्तुलन : संख्या सहित

531
SwadeshPost

१३ फागुन, चितवन । नेकपा पार्टीको विभाजनपछि सो पार्टीबाट निर्वाचित माडीका अधिकांश जनप्रतिनिधीहरु समेत राजनैतिक लाइनका हिसाबले विभाजित भएका छन् ।

वडाध्यक्षहरुमध्ये नगर कार्यपालिका प्रवक्ता समेत रहनुभएका माडी ९का वडाध्यक्ष शिवहरि सुवेदी प्रधानमन्त्री के.पी. ओली पक्षीय नेकपामा आवद्ध रहनुभएको छ । माडी ६ का वडाध्यक्ष भरत बहादुर गुरुङ भने हालसम्म नेकपाका कुनैपनि समूहमा जोडिएको देखिएको छैन ।

माडी नगरपलिकाका अन्य वडाध्यक्षहरु, माडी ८ का कृष्णराज अधिकारी, माडी ७ का बालकृष्ण सापकोटा, माडी ५ का रामबन्धु पोखरेल, माडी ४ का चन्द्रदीप महतो, माडी ३ का पुरन महतो र माडी २ का ईश्वरी प्रसाद ढकाल सबैजना प्रचण्ड नेपाल नेतृत्वको नेकपामा आवद्ध रहेको देखिनुभएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल सुरुबाटै प्रचण्ड नेपाल खेमामा उभिनुभएको हो भने उपप्रमुख ताराकुमारी काजी महतो पछिल्लो समयमा प्रचण्ड नेपाल समूहमै खुल्नुभएको छ ।

SwadeshPost