पर्यटन विकास सम्बन्धी आधारभूत तालिम सम्पन्न

529
SwadeshPost

१४ फागुन, चितवन । माडी नगरपालिका वडा नं १ बोटे सामुदायिक होम स्टेमा संचालित ४ दिने होम स्टे पर्यटन विकास सम्बन्धी आधारभूत तालिम शुक्रवार सम्पन्न भएको छ ।बोटे सामुदायिक होम स्टेको आयोजनामा तालिम संचालन भएको हो । बोटे सामुदायिक होम स्टेका २० जना महिला सदस्यहरूको सहभागिता रहेको तालिममा पर्यटन प्रवर्द्धनका लागि स्थानिय परिकारहरुको उत्पादनलाई वृद्धि गर्दै लैजानु पर्ने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा पाक शिक्षाका प्रशिक्षक मनोज बस्नेतले प्रशिक्षण दिनुभएको थियो ।

बोटे सामुदायिक होम स्टेका अध्यक्ष सन्तोष बोटको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नगर प्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो । विशिष्ट अतिथिमा पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष राजकुमार पाठक, नगर कृषि शाखा प्रमुख किरण उपाध्याय लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

SwadeshPost