अपाङ्ग प्रति हाम्रो दायित्व विषयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

4.35K
SwadeshPost

१४ फागुन, चितवन । माडी नगर अपाङ्ग समन्वय समितिको आयोजनामा माडी ९ कृष्णनगर माविमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।अपाङ्ग प्रति हाम्रो दायित्व विषयमा भएको कार्यक्रम विद्यालयका मञ्जु घर्ती प्रथम, आशिष खनाल द्वितीय, रञ्जु तामाङ्ग तृतिय र लुमिना गिरी सान्त्वना भएका थिए । अपाङ्गता भएका कारणबाटै राज्यबाट प्राप्त हुने सेवा र सुविधामा विभेद तथा न्यायमा सहज पहुँचबाट समेत वञ्चित हुने अवस्था अन्त्य गर्न साथै अपाङ्ग प्रति समान व्यवहार, माया, सदभाव सबैको दायित्व हो भन्ने प्रत्याभूति दिलाउन कार्यक्रम सञ्चालन गरिएको समितिका अध्यक्ष यम बहादुर अधिकारीले बताउनुभयो ।

अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा माडी ९ का वडा अध्यक्ष शिवहरी सुबेदी रहनुभएको थियो, विशिष्ठ अतिथि मुक्तिराम सुवेदी,लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।#स्वदेश न्युज डेस्क

SwadeshPost