समुदायको संस्कृति देखाउने उदेश्यका साथ होमस्टे निर्माण सुरू

372
SwadeshPost

१४ फागुन, चितवन । माडी नगरपालिका वडा – ५ रमाइलो डाँडा स्थित दराई टोलमा समुदायको संस्कृति देखाउने उदेश्यका साथ ५ वटा होमस्टे निर्माण सुरू भएकाे छ । दराई जातिको बाहुल्यता रहेको सो क्षेत्रमा त्यही जातिको परिकारको स्वादमा त्यही रहन सहन, र सांस्कृतिक प्रदर्शनीमा रम्न सक्ने गरी होमस्टे निर्माण गर्न लागिएको होम स्टेमा निर्माणका लागि समितिका सचिब राजमान दराईले बताउनु भयाे । पर्यटन प्रवर्द्धन तथा आयस्तर उकास्ने उदेश्यले निर्माण थालिएको होम स्टे मा आउने पाहुनाहरुका लागि स्थानीय परिकारको स्वाद, दराई कला संस्कृति रम्न पाउने व्यवस्था उपलब्ध गराइने बताइएको छ ।

राष्ट्रिय निकुञ्ज सँगै जोडिएको माडी विभिन्न कला साहित्य, भेषभुषा, धार्मिक कुण्ड तथा धार्मिक पर्यटनमा समेत अब्बल भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई होम स्टेमार्फत वैकल्पिक कार्यक्रममा सहभागी गराउन सके माडीको विकासमा टेवा पुग्ने दराईले बताउनुभयो दुईकोठे सुविधा सम्पन्न होम स्टे निर्माणका लागि वडाले ४ लाख र बाँकी आफ्नै लगानिमा राजमान दराई र कल्पना दराईको १/१ कठ्ठा त्यसै गरी खेमराज दराई र नन्द किशोर दराईको ४/४ कठ्ठा जमिनमा निर्माण कार्य थालनी गरिएको हाे ।

SwadeshPost