शनिबार, पुष २७, २०८१
शनिबार, पुष २७, २०८१

चितवन खबर पोष्ट

गोल्डेन इमिनेन्ट इन्टरनेशनल (प्रा.) लि. र दक्षिण कोरियाको साम्युक विश्वविद्यालयबीच सम्झौता

  • A
  • A+
  • A++

चितवन । माडीका युवा प्रकाश रिजालद्वारा सञ्चालित शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल (प्रा.) लि. र दक्षिण कोरियाको साम्युक विश्वविद्यालयबीच सम्झौता भएको छ ।

विज्ञापन १

दुबै संस्थाबीच नेपालबाट बिद्यार्थी अध्ययन अध्यापन गर्न दक्षिण कोरिया पठाउने बिषयमा दुईपक्षीय लिखित सम्झौता भएको हो । दक्षिण कोरियास्थित सो युनिभर्सिटीका लागि नेपालमा भर्ना केन्द्रको रुपमा गोल्डेन इमिनेन्ट मात्रै रहने गरी सम्झौता गरिएको इमिनेन्टका प्रबन्ध निर्देशक रिजालले जानकारी दिनुभयो ।

विज्ञापन २

सो विश्वविद्यालयमा बिजनेस एडमिनिस्ट्रेसन र मेनेजमेण्टमा मार्च इन्टेकको लागि शुक्रबारबाटै भर्ना आवेदन सुरु भएको र पहिलो चरणमा १५० जना विद्यार्थीलाई भर्ना प्रक्रियामा समावेश गरिने प्रबन्ध निर्देशक रिजालले बताउनुभयो ।

विज्ञापन ३

अध्ययनका लागि प्रतिविद्यार्थी मात्र ३ लाख ७८ हजार रुपैंया लाग्ने तथा ५.५ आइइएलटिस ल्याउने विद्यार्थीलाई उक्त रकमको ५० प्रतिशत छात्रवृत्ति प्राप्त हुने (रकम तिर्नु नपर्ने) भएकाले यो अवसर उपयोग गर्न उहाँले अनुरोध गर्नुभयो । कोरियन एम्बेसीको डकुमेण्ट भेरिफिकेसन ग्रुपमा भिषाको ५० जनाभित्र पर्ने गरी आवेदन भर्ना दिन पनि उहाँको अनुरोध छ।

तपाईको प्रतिक्रिया