चितवन । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाली महिला यू-१९ टोली आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट भएको छ।
विज्ञापन १
आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै रनरेटमा पनि सुधार गर्दै विश्वकपमा स्थान पक्का गरेको हो ।
विज्ञापन २
निर्णायक तथा अन्तिम खेलमा युएईले दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा गर्यो। चाडै लक्ष्य पूरा गर्दा नेपालले रनरेट सुधार गर्न सफल भएको हो ।
विज्ञापन ३
चार टोलीबीच भएको छनोटमा नेपाल र युएईले समान ५-५ जित निकाल्दा १०-१० अंक जोडे। नेपालको रनरेट ३.९ रहदा युएईको ३.७ रह्यो। छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी थिए ।