जनस्तरिय महिला अभियन्ताहरुको क्षमता विकास तालिम सम्पन्न

438
SwadeshPost

१८ फागुन, चितवन । माडी नगरपालिका र भरतपुर महानगरपालिका क्षेत्रमा रहेका जनस्तरिय महिला अभियन्ताहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । ललितपुरस्थित टेवा नामक संस्थाको सहयोगमा न्यायका लागि सक्रिय महिला मञ्च (न्यासम) चितवनले तालिमको आयोजना गरेको हो । भरतपुरस्थित चेतना भिलेजमा सम्पन्न सो तालिममा स्थानिय निकाय तथा जनस्तरमा रहेर महिला हिँसा, घरेलु हिंसा न्यूनिकरणमा लागिरहेका महिला तथा जनप्रतिनिधीहरुको हक र अधिकारको बारेमा प्रशिक्षण दिइएको थियो ।

तालिमका सहभागीहरुलाई प्रशिक्षण दिंदै मानव अधिकारकर्मी, साहित्यकार एवं सामाजिक अभियन्ता शरद पौडेलले महिला र बालबालिकाहरुको हक, सामाजिक सुरक्षाको हक, उपभोक्ताको हक र नागरिकका कर्तव्यका बिषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा राधा पौडेल फाउण्डेशनकी संस्थापक एवं लेखक राधा पौडेलले मर्यादित महिनावारी बिषयमा जानकारी गराउनुभएको थियो ।

SwadeshPost