पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकियो
चितवन । पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । बिहीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै
रेडहिल युनाइटेड क्लबको आयोजनामा रेडहिल नाइन ए साइड फुटबल प्रतियोगिता हुँदै
माडी, चितवन । रेडहिल युनाइटेड क्लबले यसबर्षपनि रेडहिल नाएन ए साइड फुटबल प्रतियोगितालाई निरन्तरता दिने भएको छ । हरिबोधनी एकादशीको अवसर पारी सो क्लबले आउँदो कार्तिक २७ देखि मंसिर २ गतेसम्म माडी-४, खैरहनीस्थित रेडहिल
माडीको बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता भएका पुरुष पानीमुनी हिलोमा गडेको अवस्थामा मृत भेटिए
माडी, चितवन । माडीको बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता भएका पुरुष पानीमुनी हिलोमा गडेको अवस्थामा मृत भेटिएका छन् । भरतपुर महानगरपालिका-१६, शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतमको शव बिहीबार साँझपख तलाउबाट बाहिर निकालिएको
भरतपुरमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, दुई पुरुष घाइते
माडी, चितवन । भरतपुरमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष घाइते भएका छन । दुर्घटनामा परी स्कुटरमा सवार चितवनको इच्छाकामना गाउँपालिका-५ दाह्रेचोक निवासी ३७
माडीको बैकुण्ठ तालमा फोटो खिँच्ने क्रममा चिप्लिएर तलाउमा खस्न पुगी एक पुरूष बेपत्ता
माडी, चितवन । माडीको बैकुण्ठ तालमा फोटो खिँच्ने क्रममा चिप्लिएर तलाउमा खस्न पुगी एक पुरूष बेपत्ता भएका छन् । तालमा डुबेर बेपत्ता हुनेमा भरतपुर-१६, शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतम रहेको वडाध्यक्ष
चितवनका प्रजिअ पौडेलले तिहार पर्वमा पटकाको अवैध बिक्रीवितरण रोक्न नसकिएको स्वीकार
चितवन । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले तिहार पर्वमा पटकाको अवैध बिक्रीवितरण रोक्न नसकिएको स्वीकार गर्नुभएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले आफू हालैमात्र
अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्प विजयी
माडी, चितवन । विश्वभर चासोका साथ हेरिएको संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्प विजयी भएका छन् । मंगलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा सम्पूर्ण मतपरिणाम सार्वजनिक नहुँदै इलेक्टोरल कलेज मतका
माडी भ्रमणको निम्तो दिने भन्दै माडीको फिरन्ते युवा समूह पर्वतीय चुम भ्यालीको यात्रामा
चितवन । आफूलाई माडीको फिरन्ते समूह बताउने युवाहरुको एक समूहले माडी भ्रमणको निम्तो दिने भन्दै पर्वतीय चुम भ्यालीको यात्रा गरेका छन् । नेपालको दक्षिणी सिमानामा रहेको सुन्दर माडी नगरपालिकाको भ्रमण गर्न निम्तो दिन उत्तरी
माडी क्षेत्रबाट मध्यवर्ती खारेजीको माग अगाडि सारेसंगै यसको समर्थन र बिरोधमा बिचार व्यक्त हुँदै
चितवन । समृद्धिका लागि युवा अभियानले माडी क्षेत्रबाट मध्यवर्ती व्यवस्था खारेजीको माग अगाडि सारेसंगै यसको समर्थन र बिरोधमा बिचार व्यक्त हुनथालेको छ । अभियानले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफ्फरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक