स्वदेशपोष्ट विशेष

माडी नगरपालिकाको १३औं नगरसभाको दोश्रो बैठकबाट O&M प्रतिवेदन पारित

चितवन । माडी नगरपालिकाको १३औं नगरसभाको दोश्रो बैठकले नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन, २०८१ पारित गरेको छ । बैठकले नगर कार्यपालिका, वडा एवं मातहतका कार्यालयहरुमा आवश्यक कर्मचारीको सोपान (पद, संख्या र जिम्मेवारी)को

सिमलताल पहिरोमा परेको बससंगै त्रिशूली नदीमा हराएका माडी-१ भंगेताका विकास परियारको दुःखद् मृत्यु

चितवन । सिमलताल पहिरोमा परेको बससंगै त्रिशूली नदीमा हराएका माडी-१ भंगेताका विकास परियारको दुःखद् मृत्यु भएको छ । शनिबार गैंडाकोट नगरपालिका-७ गैह्रीस्थित नारायणी नदीको बिच भागको टापुमा फेला परेको दुईमध्ये एक शव परियारको रहेको

माडी-१, चैनपुरस्थित दाउने खोलाले कटान गर्दा सो खहरेको तटीय क्षेत्रमा रहेका ४ वटा घर जोखिममा

चितवन । माडी-१, चैनपुरस्थित दाउने खोलाले कटान गर्दा सो खहरेको तटीय क्षेत्रमा रहेका ४ वटा घर जोखिममा परेको छ । बर्षायाम सुरु भएसंगै पटक पटक बाढी आएको दाउने खोलाको कटानबाट माथिल्लो चैनपुर क्षेत्रस्थित सो

त्रिशूली नदीमा हराईरहेको एञ्जल बसमा माडी भंगताका विकास परियार समेत परेको खुल्यो

चितवन । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराईरहेको एञ्जल डिलक्स बसमा माडीका एक युवक समेत परेको खुलेको छ । फोटोग्राफीको काम गर्ने माडी-१, भंगता गाउँ निवासी बर्ष २२ का विकास परियार एन्जल डिलक्स बससंगै

राष्ट्रिय कृषक समुह महासङ्घको आयोजनामा जलबायु कृषक पाठशाला सम्बन्धी ३ दिने तालिम सम्पन्न

माडी, चितवन । राष्ट्रिय कृषक समुह महासङ्घको आयोजनामा सञ्चालन भएको जलबायु कृषक पाठशाला सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । यु.एस.ए.आइ.डी.को सहयोगमा सञ्चालित जल जंगल परियोजना अन्तरगत असार २५ गते मङ्गलबार देखि सञ्चालन

नेकपा महासचिव बिप्लवद्वारा माडीको खैरहनीस्थित केन्द्रीय उत्पादन इकाईमा धान रोपाईं

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (बिप्लव सी) ले माडीको खैरहनी गाउँस्थित नेकपाको केन्द्रीय उत्पादन इकाईको जमीनमा धान रोप्नुभएको छ । नेकपा सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’द्वारा माडी-४, खैरहनीस्थित उत्पादन

माडीका खेलाडी दर्शन बराल अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धामा सहभागिताका लागि छनाैट

८ असार, माडी । अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धामा सहभागिताका लागि मलेसिया जान छनौट भएका माडीका एक खेलाडीलाई आर्थिक बिपन्नताकै कारण समस्या परेको छ । माडी नगरपालिका-७ निवासी (हाल भरतपुर १० मा बस्दै आएका) खेलाडी

आ.व. २०७९/८० मा चितवनको ईच्छाकामना गाउँपालिका र ५ वटै नगरपालिकाहरुमा १ करोड रुपैंया बढीको बेरुजु

३० जेष्ठ, माडी चितवन । आर्थिक बर्ष २०७९/८० मा चितवनस्थित ईच्छाकामना गाउँपालिका सहित पाँचवटै नगरपालिकाहरुमा एक करोड रुपैंया बढीको बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले जारी गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार गत आ.व.मा ईच्छाकामना

माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आय

३० जेष्ठ, माडी चितवन । माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आम्दानी (संकलन) गरेको छ । आ.व. २०७९/८० को आय-व्यय अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर, सेवा शुल्क,