सोमबार, मङि्सर १७, २०८१
सोमबार, मङि्सर १७, २०८१

स्वास्थ्य खबर पोष्ट

यौनसँग जोडिएका केही रमाइला र रोचक तथ्यहरू

  • A
  • A+
  • A++

हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् । यहाँ यौनका विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् ।

विज्ञापन १

कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाइँले जिवनमा यौनलाई सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा प्रदान गर्छ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र शरीरमा उर्जा समेत भर्दछ ।

विज्ञापन २

टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौनको क्षमता उसको शरीरको सुगठन सँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको सम्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुन्छ ।

विज्ञापन ३

वैज्ञानिकहरुले मुखमैथुन गर्भवती महिलाका लागि फाइदाजन हुने र मुखमैथुन अर्थात् ओरल सेक्स गर्ने महिलामा गर्भावस्थामा बिहानपख वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ ।

सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ ।

सम्भोगका दौरान स्त्री पुरुष दुबैजना एक दोश्रोको शरीरमा मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने प्रयास गर्छन् । यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ ।

एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने र युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।

वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् । साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ ।

अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शीघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् ।

तपाईको प्रतिक्रिया